अस्पतालबाटै प्रधानमन्त्रीले भने : मेरो स्वास्थ्यबारे भ्रामक प्रचार गर्नेबाट प्रभावित नहुनुहोस्,निकाले यस्तो वक्तब्य

१२ कात्तिक ७५, मंगलबार

काठमाडौं, कात्तिक १३
स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै वक्तव्य निकालेर आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।

उनले मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको बताएका छन् ।उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

Advertisement

ओलीले स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने उनले बताएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको समेत बताएका छन् । उनले सन्देशमार्फत भनेका छन् ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top