विराटनगर महानगरले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यसरी सुरु ग¥यो

विराटनगर, कात्तिक १४
बालबालिकालाई खुवाइने भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले अन्यठाउँ भन्दा फरक कार्यक्रम गरी मनाउदै छ ।

यही कार्यक्रम र समयको सदुपयोग गर्दे महानगरले बच्चाको नाप लिएर कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत गर्न थालेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले समयको सदुपयोग गर्दे यही समयमा बच्चाको नापलिने तथा कुपोषित बालबालिकालाई पहिचान समेत गर्ने काम भएको जानकारी दिए ।

Advertisement

नगरभित्र बालबालिकामा हुने समस्या समाधानका लागि महानगरले बालबालिका सम्बन्धि सेवा बिस्तार गर्ने पराजुलीले बताए । कुपोषित पहिचान भएका र तौलमा तलमाथी भएका बालबालिकालाई उचित सरसल्लाह र रिफर्र गरिने विराटनगर नगर स्वास्थ्य सहसंयोजक लोजिता योन्जनले जानकारी दिइन् ।

कुपोषित बालवालिकालाई कोशी अञ्चल अस्पताल र रानी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइने छ । रिफर गरिएको संख्या भने केहिदिनपछि मात्रै थाहाँ हुने नगर स्वास्थ्य सह संयोजक योन्जनको भनाई छ । यस्तै विराटनगर महानगरले बालवालिकाहरुलाई बालभिटा समेत वितरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार बुधवार र विहिवार ६ महिनादेखि ५ वर्षसम्मका बालबालीकाका लागि भिटामिन ए खुवाइदै छ । यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइदै छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top