सरकारको लोकप्रियतामा कमि आएको होइन : मन्त्री यादव

१४ कात्तिक २०७५, बुधबार
Share this
779shares

विराटनगर, कात्तिक १४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारले जनताको दिएको जनादेश अनुसार काम गरेकाले सरकारको लोकप्रियतामा कुनै कमि नआएको बताएका छन् ।

Advertisement

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुँंग कुराकानी गर्दै मन्त्री यादवले मुलुकलाई समृद्धीको बाटोमा लान सरकारले लागि परेको पनि बताए । उनले सरकारले चिनीको विक्री मूल्य रु ७० तोकेको हुनाले मूल्यभन्दा ज्यादा विक्री भएकोमा पाइएमा त्यस्ता व्यपारीलाई कारवाही हुने समेत जानकारी दिए ।

मन्त्री यादवले उपभोक्ता, किसान र उद्योगीहरुसंगको छलफल पछि नै सरकारले चिनीको खुद्रा मुल्य रु ७० कायम गरेको प्रष्ट पारे । उनले आज नै बिराटनगरको बैजनाथपुरमा निर्माणधिन एकिकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् । सो क्रममा मन्त्री यादवले चोकपोष्ट निर्माणमा भईरहेको प्रगतिको बारेमा निर्माण कम्पनीका प्रतिनिधि सँग जानकारी समेत लिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top