साफ यू–१५ फुटबल च्याम्पियनसिप : उपाधि होडबाट बाहिरियो नेपाल

१४ कात्तिक ७५, बिहीबार

काठमाडौं,कात्तिक १५
नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । अघिल्लो संस्करणको उपविजेता रहेको नेपाल बिहिबार पाकिस्तानसँग ४–० ले पराजित हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा बिहिबार भएको खेलमा नेपालले बलियो पाकिस्तानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।

पाकिस्तानले ५४औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई जान लिम्बुले क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टको दिशा लिएको थियो । ५९औं मिनेटमा जान लिम्बुले पाकिस्तानी खेलाडीलाई डि–बक्समा लडाएपछि पाकिस्तान मोहम्मद उल्लाहले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाएका थिए ।

Advertisement

६९औं मिनेटमा प्राप्त अर्को पेनाल्टीमा मोहम्मदले गोल गर्दै पाकिस्तानलाई ३–० को सहज स्थितिमा पु¥याएका थिए । मुदस्सर नजरले गोल गर्दै पाकिस्तानलाई ४–० को सहज जित दिलाए ।अब फाईनलमा बंगलादेश र पाकिस्तान भिँड्नेछन् ।

आजै भएको पहिलो सेमिफाईनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै बंगलादेशले फाइनलको यात्रा तय गरेको थियो । नेपालले शनिबार तेस्रो स्थानको लागि भारतसँग खेल्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top