खाना खाने वित्तिकै चिया खाँदा हुन्छन् यस्ता बेफाईदा,कुन बेला खानु उचित?

१५ कात्तिक ७५, शुक्रबार

एजेन्सी,कात्तिक १५
प्रायजसो चिया बिहानको समयमा पिउने गरिन्छ। कतिपयले बिहान एक कप दूध चिया पिउँदा उर्जा मिलेको समेत बताउँछन्। तर, चिया कति बेला कति पिउने वा कुन चिया पिउनेबारे हेक्का नराख्दा यसले फाइदा भन्दा मन्द विषको काम गर्छ।

कतिपयको खाना खानेवित्तिकै चिया पिउने बानी हुन्छ। यसो गर्नु स्वास्थ्यका लागि फाइदा नहुने विज्ञहरु बताउँछन्। खाना खाने वित्तिकै चिया पिउँदा स्वास्थ्यलाई बढी बेफाइदा हुने गर्छ।बिहान खाली पेट दूध चिया पिउँदा यसले अपच हुने मात्र नभइ ग्याष्ट्रिक समेत निम्त्याउँछ।त्यसैले चिया पिउनै परे कालो चिया वा ग्रीन टी पिउँदा फाइदा हुन्छ।

कालो चियामा मरिचको धूलो वा तुलसीको पत्ता राखेर पनि पिउन सकिन्छ।यसले पेटसम्बन्धी समस्यालाई हटाउन सहयोग गर्छ।कालो चियामा कागती राखेर पिउँदा मोटोपन घटाउँछ।

Advertisement

चियाका बेफाइदा ः
१. खाने खाने वित्तिकै चिया पिउँदा यसमा भएको तत्वले शरीरमा आइरनको कमी गराउनमा सहयोग गर्छ।

२. पेट दुख्ने समस्यालाई बढाउँछ।

Advertisement

३. प्रशस्त मात्रामा चिया पिउँदा यसमा हुने कैफीनले ब्लड प्रेसर उच्च बनाउँछ।

४. ब्लड प्रेसर उच्च भएकाहरुले चिया पिउँदा मुटुको धड्कन बढाउँछ।

५. खाना खाने वित्तिकै चिया पिउँदा ग्याष्टिकको समस्या हुन्छ।

६. खाना खाएको करिब एक घन्टा पछि मात्र चिया पिउनु बुद्धिमानी मानिन्छ।

७. यदि चिया पिउने बानी छ भने दूध चियाभन्दा ग्रिन टी वा कालो चिया पिउँदा फाइदा हुन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top