डिआइजी भण्डारीको मृत्यु भएको दुर्घटनाका सम्बन्धमा छानबिन समिति गठन

१५ कात्तिक ७५, शुक्रबार

काभ्रेपलाञ्चोक,कात्तिक १५

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीनजनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुईजना सहायक प्रहरी अधिकृत सदस्य रहेको घटना छानबिन समिति बनाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनका अनुसार घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

Advertisement

शनिबार दिउँसो २ बजे ६ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार २४ वर्षीय जीवन पराजुली तथा टे«ड यूनियन काङग्रेस ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटनामा गम्भीर घाइते पूर्वप्रहरी नायब उपरीक्षक विनोद गौतमको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते बोगटी र अर्का धनराज पुरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । मृतक एवं घाइते पुरीको मण्डन देउपुर नपा–५ बाउनेडिहीस्थित जमीनमा बालुवा खानी चलाउन निरीक्षण गरेर फर्कँदा दुर्घटना भएको हो । रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top