अनलाइन कारोबार प्रणाली शुरु हुनै लाग्दा धितोपत्र बोर्डले जारी गर्याे यस्ताे विज्ञप्ती

१५ कात्तिक ७५, शुक्रबार

काठमाडौं,कात्तिक १५

दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली लागु हुँदै गरेको पुर्वसन्ध्यामा नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुलाई भ्रममा नपरी सुझबुझपूर्ण ढंगले लगानी गर्न भन्दै सचेत गराएको छ । बोर्डले बिहीबार विज्ञप्ती जारी गरी बजारहल्लाको भरमा नभई आधारभुत तथा प्राविधिक विश्लेषण सहित सुझबुझपूर्ण लगानी गर्न सुझाएको हो ।

बोर्डले बजेटमार्फत् भ्याटको समस्या समाधान भएको, ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरुलाई आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गर्दै पुँजीबजारमा सुचिकृत हुन प्रोत्साहित गरेको, धितोपत्र व्यवसायीले लिने शुल्कमा कटौती गरेको, धितोपत्र नियमावलीमार्फत् प्राइभेट इक्विटी फण्ड, भेञ्चर फण्ड, हेज फण्ड जस्ता व्यवस्था गरेको भन्दै नेपाली पुँजीबजार व्यवस्थित हुँदै गएको दाबी गरेको छ । यस्तो अवस्थामा बजारहल्लाको पछि लागेर हतारमा सेयर किन्ने र बेच्ने काम नगर्न बोर्डले अनुरोध गरेको छ ।

Advertisement

बोर्डका प्रवक्ता निरज गिरीले लाभांशको सिजनमा अनावश्यक बजारहल्ला चलाउने र बजारमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास रोक्न विज्ञप्ती जारी गरेको बताए । यो विज्ञप्ती विशेष परिस्थितिका कारण नभई लगानीकर्ताको हितको लागि जारी गरिएको नियमित सन्देश भएको उनको भनाई छ ।

तर अनलाइन कारोबार सुरु हुने बजारहल्ला चलिरहँदा बोर्डबाट जारी भएको विज्ञप्तीलाई शेयर बजारका सरोकारवालाहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top