मोरङ कांग्रेसको चियापान सम्पन्न

१६ कात्तिक ७५, शुक्रबार

विराटनगर,कार्तिक १६
मोरङ कांग्रेसले दशैतिहार तथा छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमका वक्ताले राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको बताएका छन् ।

Advertisement

वक्ताहरुले अब देशले आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका रुपमा भएपनि प्रतिपक्षी दलले सत्तासीनको काम गर्ने शैलीलाई भने मूल्यांकन र टिप्पणी गरिरहने बताए ।

Advertisement

संघीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल सुरु भएको भन्दै कोइरालाले सुशसानका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको एउटा कोर्स पूरा भएकोले अब आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिए ।

Advertisement

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नयाँ सोच र योजनासाथ अघि बढ्नुको विकल्प नरहेको चर्चा गरिन । नेकपाका गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top