ठूला राजनीतिक पार्टीले नेपाली समाजलाई अपहरण गरेःरविन्द्र मिश्र

ठूला राजनीतिक पार्टीले नेपाली समाजलाई अपहरण गरेःरविन्द्र मिश्र

विराटनगर,कात्तिक १६
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ठूला राजनीतिक पार्टीले नेपालको समाजलाई अपहरण गरेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संयोजक मिश्रले ठूला पार्टीले समाजको प्रवृत्ति तथा दिमागहरु अपहरण गरेको कारण देशले मुहार फेर्न नसकेको आरोप लगाए ।

अब आगामी दिनमा पनि मतदाताको मन र प्रवृत्ति परिवर्तन नभए देशको विकास नहुने र मतदाताले दुःख पाउने तर नेताल भने सुख पाउने बताए ।

आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बनाउने दाबी गर्दै मिश्रले कर्मचारी संयन्त्र र कानून निर्माणको तहमा बसेकाहरु आफैं धामी आफैं झाँक्री हुने प्रवृत्ति रहेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.