पीपीएल : बुटवलकाे लगातार तेस्राे हार, काठमाडाैं ३७ रनले विजयी

१६ कात्तिक ७५, शनिबार

पोखरा,कात्तिक १६
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहने संभावना बलियो बनाएको छ ।  काठमाडौंले दिएको १ सय ७३ रनको विजय लक्ष्य पछ्याएको बुटवलले १ सय ३५ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ७२ रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ५३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ ४ तथा पवन सराफ २२ रनमा आउट भए । त्यसको लगत्तै गौरव तमोर पनि ११ रनमा पेभेलियन फर्किए ।

काठमाडौले एक सय ५ रन बनाउँदा जयकिशन कोल्सावाल ४५ रनमा आउट हुन पुगे । तर त्यसपछि नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । मल्लले अविजीत २५ तथा बुढाऐरले अविजीत ५८ रन बनाए ।
जवाफमा बुटवल २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३५ रनमा रोकियो ।

Advertisement

मध्यम सुरुवात गरेको बुटवल एक समय काठमाडौं माथि हावी देखिएको थियो । ६८ रन हुँदा मात्र दुई विकेट गुमाएको काठमाडौले त्यसपछि अरु ४६ रन थप्दा थप तीन विकेट गुमायो ।

उसका ओपनर रोहन मुस्तफा आउट भएपछि बुटवलको पारी कमजोर बन्यो । रोहनले ६१ रन बनाए यस्तै चिराग सुरीले ११ तथा भिम शार्कीले १२ रन जोडे । यस्तै सिद्धान्त लोहनीले १३ रन बनाउदा कप्तान सोमपाल कामी मात्र चार रनमा आउट भए ।

Advertisement

तर एकपछि अर्को विकेट गुमाएको बुटवलको ब्याटिङ कमजोर पार्न अमरसिंह रौटेलाले तीन तथा नन्दन यादव, बसन्त रेग्मी दुई दुई विकेट लिए । काठमाडौको जितसँगै विराटनगर प्रतियोगिताबाट बाहिरीएको छ ।

अघिल्लो चरणको यात्रा तय गर्न काठमाडौं लिगको अन्तिम खेलमा जित निकाल्नु पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top