विराटनगर, कात्तिक १७
बालिकालाई दुव्र्यबहार गरेको आरोपमा शुक्रबार १ जनालाई पक्राउ गरिएको छ । दुव्र्यबहाको आरोपमा बिराटनगर–१४ का ५२ वर्षीय भवानी प्रसाद सिंखडालाई पक्राउ गरिएको हो ।
ओखलढुंगा घर भई बिराटनगर महानगरपालिका–३ मा डेरा गरी बस्दै आइरहेकी ३ बर्षीया बालिकालाई दुव्र्यबहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।