Nepal Times
Nepal Times
3
Shares

हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाको सुझाव

हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाको सुझाव

विराटनगर, कात्तिक १७
हुलाक सेवालाई समयसापेक्ष बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरको आयोजनामा शनिबार विराटनगरमा भएको हुलाक सेवाको सुधार बिषयक क्षेत्रीय गोष्ठीमा बोल्ने सहभागीहरुले हुलाक सेवालाई समयसापेक्ष बनाई अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्माले हुलाक सेवाको भविष्य अन्धकार नभएको दावी गरे । उनले विश्वका १ सय ९२ राष्ट्रहरु विश्व हुलाक संघको सदस्य रहेको जानकारी दिदै धेरै देशका हुलाक नाफामा गएकाले नेपालको हुलाकलाई पनि सहयोग र सुधार गर्न विश्व हुलाक संघ तयार रहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले हुलाक सेवाप्रति विश्वसनीयता बढाई जनभावना अनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मीले अहिले पनि धेरै हुलाक सेवाहरुमा कर्मचारीहरुको अभाव रहेको बताउदै हुलाक सेवालाई चुस्त र समयसापेक्ष बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

मुलुक संघीयतामा गई तीनै तहको निर्वाचन सम्पन्न भई सरकार निमार्णको लामो समय भएपनि हुलाक भनेअझै पूूरानै संरचनामा पूर्वान्चल क्षेत्रीय हुलाकका रुपमा काम गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.