रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिबार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यत्तिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो ।

Advertisement

कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । शनिवार विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए ।

Advertisement

रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top