विराटनगरको आइसिपी उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने

१८ कात्तिक ७५, आइतबार
Share this
739shares

विराटनगर,कात्तिक १८
विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदी विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटनसँगै विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका हुन् ।

Advertisement

आफ्नो पाँचौँ भ्रमणका क्रममा मोदी मंसिर २६ गते नेपाल आउने निश्चत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  प्रधानमन्त्री केपीशर्मा ओली र मोदीले विराटनगर महानगरपालिका वडा नं १८ भेडियारी र त्यसको समानान्तर भारतीय भूमिमा बनेको एकीकृत जाँच विन्दु (आइसिपी) को मंसिर २६ गते संयुक्तरुपमा उद्घाटन रुपमा गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनुसार ३८ किलोमिटर लामो जनकपुर–जयनगर रेल खण्डको उद्घाटन गरेपछि आइसिपीको उद्घाटन गर्ने कार्यक्रम छ। यसपछि आइसिपी खण्डमा पनि रेल सञ्चालन गरिने छ ।

Advertisement

पूर्वको व्यावसायिक समृद्धिका लागि ड्रिम प्रोजेक्ट मानिएको विराटनगर र सीमावर्ती भारतको गरी दुबै स्थानका आइसिपी भारु ३७३ करोडको लागतमा तयार भएको निर्माण कम्पनीले जनाएको छ ।

आइसिपी निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको १ सय २९ बिघा जमिनमा भारत सरकारले भौतिक संरचनाको निर्माण गरिदिएको हो ।

Advertisement

निर्माण कम्पनी इरकोनका महाप्रबन्धक सुरेन्द्रप्रसाद सिंहका अनुसार भारतीय स्टेसन बथनाहादेखि आइसिपीमा बनाइएको नेपाल कस्टम यार्ड सम्मको ८ किलोमिटरको रेलमार्गको निर्माण पूरा भएको छ ।

उनले बथनाहादेखि १८ किलोमिटर उत्तरमा रहेको कटहरी गाउँपालिकासम्म यसको गन्तव्य रहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top