नागरिकता प्रकरणमा १६ जनालाई मुद्दा, वडा अध्यक्ष फरार

विराटनगर : किर्ते गरी गैर नेपाली नागरिकतालाई सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ अध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध मुद्दा दायर गरिएको छ ।

आईतबार विभिन्न मितिमा नागरिकता लिएका र नागरिकता सिफारिस गर्ने २ जना जनप्रतिनिधि र सर्जमिन मुचुल्कामा साक्षी बस्ने १६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘झुटा विवरण पेश गरी विदेशीलाई नागरिकता लिएका, दिलाएको ’ मुद्दा दायर गरिएको हो ।

वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य ४५ वर्षीय रमेश साह, वडा सचिव पुष्प तिम्सिनासहित कटहरी गाउँपालिका १ का ५५ वर्षीय सत्यनारायण पोद्दार, झुटो विवरण पेश गरी नागरिकता लिने विराटनगर–१ बस्दै आएका २२ वर्षीय सञ्जित पोद्दार, २० वर्षीय धिरज पोद्दार, ३५ वर्षीय राजेन्द्र पोद्दार, २० वर्षीय जितेन्द्र पोद्दार, २४ वर्षीय रोशनकुमार पोद्दार, १८ वर्षीय मिथिलेश्वर पोद्दार, १९ वर्षीय पवन पोद्दारविरुद्ध मुद्दा दायर गरिएको हो ।

Advertisement

त्यस्तै सर्जमिन मुचुल्कामा साक्षी बस्ने विराटनगर– १ का ४७ वर्षीय सीमादेवी राम(हरिजन), ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ का सुरेश पोद्दार, कटहरी १ का ४३ वर्षीय वैद्यनाथ शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएका मध्ये सत्यनारायण पोद्दार पक्राउ परेका छन् । वडा अध्यक्ष अर्याल, वडासदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top