बाँदर लखेट्दा भिरबाट लडेर १ को मृत्यु

१८ कात्तिक ७५, सोमबार

सोलुखुम्बु,कार्तिक १९

Advertisement

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–२ मा सोमबार भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर सोही गाउँपालिका बस्ने बर्ष ७० को निमा थुण्डु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

शेर्पाको बिहान करिब साढे १० बजेको समयमा आफ्नै बारीमा लगाएको अन्नपात खान आएको बाँदरलाई लखेट्ने क्रममा सोही ठाउँको रहेको वाङ्दु भिरबाट लडेर अन्दाजी ६०० मिटर तल खसेर घटनस्थलमा नै मृत्यु भएको थियो ।

मृतक शेर्पाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top