×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

तिहार सुरु भएसँगै सयपत्रीको बिक्री वितरण बढ्यो

१९ कार्तिक २०७५

काठमाडौँ,कात्तिक १९

यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ ।  तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । सयपत्री फूल विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ ।

Advertisement
Advertisement

यस वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको छ । तिहारमा मात्रै रु एक करोड बराबरको फूलको कारोवार हुन्छ । ‘यस पटकको तिहारमा भारतबाट थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गर्नुपरेको छ’, श्रेष्ठले भने, ‘अहिले स्वदेशमा नै ९० प्रतिशत फूल उत्पादन हुन थालेको छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।’

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि रु ७० बढी मूल्यमा तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि रु ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था थियो । फ्लोरीकल्चर एशोसिएशनका अनुसार यस वर्ष गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने अवस्था छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । मखमली र गोदावरी स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला छ । ढिला भएका कारण फूल फुलेर सुकिसकेका छन् । पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाउँदा व्यवसायीको मात्रै फूल प्रयोग गर्न मिल्ने अवस्था छ । गत वर्षभन्दा फूलको मूल्यमा वृद्धि हुनेछ ।

Advertisement

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको छ । माग पनि सँगसँगै बढ्ने गरेको छ । यस वर्ष तिहारका लागि दुई लाखभन्दा बढी माला आयात गरिने एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा नै फूल खपत हुने गरेको छ । काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत माला खपत हुन्छ । गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोडको फूल वार्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top