बेहूली झै धपक्क सिंगारियो विराटनगर, फुल तथा माला किन्ने र बेच्नेहरुको भीड(फोटो फिचर)

विराटनगर, कार्तिक २१
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । यतिबेला विराटनगरको बजारमा तिहारका लागि फूलका माला किन्नेहरुको अत्यधिक भीड लागेको छ ।

तिहारले छपक्कै छोपेपछि बजार पसल तथा घरहरु विभिन्न फूल तथा बत्तीहरुले बेहुली झै सजाईएको छ । तिहारमा प्रयोग गरिने सयपत्री, मखमली जस्ता फूल तथा तिनबाट बनेका माला लक्ष्मीपूजा गर्न र दाजुभाइलाई लगाइदिने गरिन्छ ।

Advertisement

नेपालमा यसवर्ष साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुने अनुमान गरिएको छ । जसमध्ये तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

तिहारमा फूलको बढी माग भएपनि विराटनगरमा यस वर्ष सयपत्री फूलको केही अभाव देखिएको छ । तिहारमा विशेष गरी बढी प्रयोग गरिने सयपत्री फूल अघिल्ला वर्षहरुको तुलनामा बजारमा नपाइएको उपभोक्ताहरुले बताएका छन ।

Advertisement

 

बजारमा अहिले प्रतिगोटा २० रुपैयाँदेखि ५० रुपैयाँसम्म माला किनबेच भैरहेको छ । यो पटक दीपावली ढिलो भएको र भाइ–तिहारका लागि भनि लगाएको फूल पनि फुलिसकेकाले फूलको अभाव भएको कृषकहरुले बताएका छन ।

पहाडी जिल्लामा पनि यसवर्षको तिहारको समयमा फूलको उत्पादन आशा गरिए अनुशार नभएको भनकुटा, इलाम, तेह्थुम लगायतका क्षेत्रका कृषकहरुले बताएका छन ।विराटनगर बजारमा कलकत्ताबाट फूल आयात हुने गरेको छ । स्थानीयस्तरमा फूल खेती धेरै नहुने भएकाले भारतबाट फूल आयात गर्ने गरेको व्यापारीहरु बताउँछन ।

यस्तै फूलको अभाव भएपछि विराटनगर बजारमा अहिले फूलका मालाको सट्टा कृतिम फूलहरुबाट बनेका मालाहरुको खरिदबिक्री गर्ने क्रम पनि बढ्न थालेको छ । अहिले विराटनगर बजारमा ३० रुपैयाँदेखि २ सयसम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखिएको स्थानीय व्यापारी धनेष अग्रवालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top