वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ सहित विभिन्न व्यक्तिहरु सम्मानित

२५ कात्तिक ७५, आइतबार
Share this
724shares

विराटनगर, कात्तिक २५
विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) विराटनगरले सम्मान गरेको छ ।

Advertisement

झी पुचःले नेपाल सम्वत् ११३९ को अवसर पारेर बिहीबार विराटनगरमा आयोजना गरेको समारोहमा शिक्षा र सञ्चार क्षेत्रमा योगदान पुर्याएका वीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठल, विगत १८ वर्षदेखि नेपाली पत्रकारिता र साहित्यमा सक्रिय मिनकुमार श्रेष्ठ ‘नवोदित’सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।

त्यस्तै पर्यटन क्षेत्रमा योगदान पुर्याएका भविसकुमार श्रेष्ठ, मिस नेवा ११३८ की विजेता सुधा श्रेष्ठ,नेपाल भाषामा स्नातकोत्तर गर्ने सिर्जना श्रेष्ठ, नेवार समुदायका अग्रज हरिदेवी ताम्राकार र पूर्वडीआईजी बद्री प्रधानलाई सम्मान गरिएको झी पुचःका हरिबहादुर श्रेष्ठले जानकारी दिए ।

Advertisement

एसईईमा उत्कृष्ट अंक ल्याउने नर्वदा श्रेष्ठ र प्रशन्न राजभण्डारीलाई नगदसहित पुरस्कृत गरिएको थियो भने समारोहमा नेपाल सम्वतको क्यालेण्डर र झी पुचःको मुखपत्रको पनि विचोचन गरिएको थियो । नेपाल सम्वतको अवसर पारेर झी पुचःले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top