जितपुर, कपिलवस्तु, २ पुस ः ट्र्याक्टर पल्टिँदा आज यहाँ एक युवकको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–६ झरनी भगलापुरमा लु ३ त ५२१५ नंको ट्र्याक्टर तीव्रगतिमा खोलामा नदीजन्य पदार्थ लिन जाने क्रममा अनियन्त्रित भई पल्ँिटदा स्थानीय २४ वर्षीय सुरेश थारूको घटनास्थलमै मृत्यु भएको हो ।
ट्र्याक्टर दुर्घटना हँुदा एकजना गम्भीर घाइते भएको र अन्य पाँच भने हाम्फालेर बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाईते भएका अशोक खत्रीलाई थप उपचारका लागि बुटबल पठाइएको प्रहरीले जनाएको छ ।