×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

होटल एभरेष्ट इनका सञ्चालकले मजदुर कुटे

२६ कार्तिक २०७५

विराटनगर : विराटनगर–११ स्थित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले त्यहाँ कार्यरत एक होटल मजदुरलाई नदिएको पैसालाई दिएको भन्ने कागज गराएर निर्घात कुटपिट गरेका छन् । होटल सञ्चालक अर्जुन साहले हतार–हतार ५० हजार रूपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि होटल मजदुर उत्तम श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् ।

नियमित तलब नपाएका होटलका रिसेप्सनिष्ट श्रेष्ठलाई सञ्चालक साहले सुरक्षा गार्ड लगाएर कुटेका हुन् । उनले मजदुर श्रेष्ठलाई थुक्न लगाएर त्यही थुक चाट्नसमेत लगाएका छन् । श्रेष्ठले कोठामा पाहुना आएका कारण होटलको स्टोरबाट बिल कटाएरै आइतबार विहानै केही बोतल वाइन र बियर लगेका थिए । उनी शनिबार राति होटलमै अवेरसम्म काम गरेर त्यहीं सुतेका थिए ।

Advertisement
Advertisement

होटल सञ्चालकले दशैं तिहारमा समेत नियमित तलब नदिएका कारण आर्थिक समस्या भएपछि श्रेष्ठले होटलको नियम अनुसार बिल कटाएर पेयवस्तु लगेको दाबी गरेका छन् । तर सञ्चालक साहले चोरी गरेर लगेको आरोप लगाउँदै कोठाबाटै दुर्व्यवहार गर्दै होटल ल्याएको र हलमा लगेर सुरक्षागार्ड सहितको संलग्नतामा निर्धात कुटपिट गरेको पीडित श्रेष्ठले बताए । कुटपिटपछि आफुलाई जबरजस्ती ५० हजार रूपैयाँ पेश्की लिएको भौचरमा हस्ताक्षर गराएको उनले दाबी गरे ।

साहले श्रेष्ठसहित उक्त होटलमा कार्यरत एक दर्जन बढी मजदुरहरूलाई अहिलेसम्म नियमित तलब भुक्तानी नगरेको होटलका व्यवस्थापक प्रकाश बस्नेतले बताए ।

‘मेरै ३०–३५ हजार रूपैयाँ लिन बाँकी छ, कसैले श्रम ऐन अनुसार नियमित तलब पाएका छैनन्’ बस्नेतले भने– ‘प्रकाश भाइले नियम अनुसार नै बिल काटेर सामान लगेको हो, हरेक होटलमा मजदुरहरूलाई यस्तो सुविधा हुन्छ ।’ व्यवस्थापक बस्नेतले दशैंमा समेत तलब नदिई कसैलाई पाँचसय र कसैलाई एक हजार रूपैयाँ दिएर टारेको आरोप लगाए ।

पीडित मजदुर श्रेष्ठले आफूलाई होटलबाट चोरी गरेर सामान लगेको आरोप लगाउँदै सञ्चालक साहले कुटपिट गरेको बताए । ‘म मासिक आठ हजार रूपैयाँमा काम गर्दै थिएँ, दुई महिनादेखि तलब पाएको छैन’ श्रेष्ठले भने– ‘होटलबाट बिल काटेरै सामान लगेको थिएँ तर मलाई चोरी गरेको भन्दै कुटपिट गर्यो, थुक चाट्न लगायो, लिंदै नलिएको ५० हजार रूपैयाँ लिएको भनेर सही गर्न लगायो ।’

कुटपिट भएपछि मजदुर श्रेष्ठले नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका केन्द्रीय सदस्य कृष्णबहादुर श्रेष्ठलाई फोन गरेर घटनाबारे सुनाएका थिए ।

घटना लगत्तै केन्द्रीय सदस्य श्रेष्ठ सहितको मजदुर टोलीले सञ्चालक साहलाई पक्राउ गरी कानुनी कारवाही गर्न प्रहरी समक्ष माग गरेका छन् । उनले होटल मजदुरलाई नियम अनुसार तलबसमेत नदिने सञ्चालक साहले उल्टै कुटपिट र दुर्व्यवहार गरेको घटनाले होटलमा काम गर्ने अन्य मजदुर र होटल सञ्चालकहरूलाई समेत नकारात्मक असर पारेको बताए ।

Advertisement

यसैबीच कुटपिटमा संलग्न साहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पीडितको लिखित जाहेरीका आधारमा साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top