‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’

४ पुस ७४, बुधबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन्। तर, देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको दाहालले बैठकमा खुलासा गरेका थिए।

दाहालको भनाइको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे। ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ। अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन।’

Advertisement

प्रधानमन्त्री देउवा र दाहालबीच शनिबार भेट भएको थियो। देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए। उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे।

कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ। उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ।’

Advertisement

माओवादीले अब त्यस्तो समन्वयकारी भूमिका निर्वाह गर्ने नेता सापकोटाले बताए। कांग्रेसलाई पोजिसन दिने विषयमा हिजोको जस्तो स्तरमा नभई निर्वाचन परिणाम पछिको सन्तुलनका आधारमा भूमिका दिई राष्ट्रिय सहमति खोजी गरेर जानुपर्नेमा दाहालको जोड थियो।

हामीले हिजो पनि समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधानसभाबाट संविधान निर्माण हुन सक्यो, निर्वाचन सम्पन्न हुन सक्यो अब पनि कांग्रेसलाई साथै लिएर जाने गरी हामीले समन्वयकारी रूपमा सन्तुलित भूमिका खेलेर जान सक्नुपर्छ’, दाहालको भनाइ थियो। त्यसका लागि माओवादीले अब प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ। अब शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्।

राष्ट्रियसभासम्बन्धी अध्यादेशले ल्याएको समस्याका विषयमा निर्वाचन आयोग र संविधानविद्सँग बसेर परामर्श पनि गरिने अर्का नेता देवेन्द्र्र पौडेलले जानकारी दिए।

सरकार र पार्टी एकताको विषय सँगसँगै अगाडि लैजानुपर्नेमा माओवादी बैठकले जोड दिएको छ। दाहालले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन दाहालले आग्रह गरेका थिए। एमालेका कतिपय नेताका अभिव्यक्तिले संशय र आशंका ल्याउने काम गरे पनि त्यस्तो आशंका दुई पार्टी एकता संयोजन समितिको बैठक बसेपछि दूर हुने विश्वास दाहालले व्यक्त गरे।

‘दुई पार्टीका बीचमा पार्टी एकताकै विषयमा भने निर्वाचनपछि गम्भीर भएर छलफल चलेको छैन, एकता गर्नेमा दुवै पार्टी सहमत छौं तर अध्यक्षको विश्वास एकता संयोजन समितिमा छलफल भएपछि कार्यतालिका बन्छ भन्नेमा छ,’ नेता सापकोटाले भने, ‘हामीले अहिले एकतामा जोड गरेकै प्रस्ताव आफ्नै भएर हो। आफ्नै प्रस्ताव भएकाले पनि यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व र स्वामित्व हामीले नै लिनुपर्छ।’

सरकार गठनअगावै पार्टी एकताको कार्ययोजना नै बनाउनुपर्ने माओवादी बैठकले जोड गरेको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top