आजदेखि कात्तिक नाच शुरु

२५ कात्तिक ७५, सोमबार

काठमाडौँ, कात्तिक २६
ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ । नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख (बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो ।

प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, ‘नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर धेरै जनाको सहभागिता हुन्छ ।’ यो वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि रु दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । समितिले भने यति रकम पर्याप्त नभएको बताउँदै आएको छ । यो वर्ष सात वर्षपछि ल्यब लायगु र खुशी छिकेगु देखाइने भएको छ ।

वि.सं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेका हुन् । कृष्णभक्त राजा भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको शुरु गरेका थिए । यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ । कलाकारलाई दैविक शक्तिप्राप्ति हुने सहभागी कलाकार बताउँछन् । यो नाचको अवधि घट्ने बढ्ने भइरहेको छ ।

Advertisement

वि.सं २००७ मा भने नाच सञ्चालन नै हुन सकेन । केही वर्ष पहिलेसम्म आठदेखि १० दिन हुनेमा चार वर्ष पहिलेदेखि १२ दिनसम्म चलिरहेको छ । दशैँ तिहार सकिएर र धान थन्क्याएर पाटनवासी फुर्सदमा हुने समय पारेर नाच सञ्चालन हुने गरेको छ ।

रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top