प्रदेश ५ का प्रहरी कार्यालयका अधिकारी प्रदेश सुरक्षा योजनाको तयारीमा जुटेका छन् ।
उनीहरु प्रदेश प्रमुख, प्रदेश मन्त्रिपरिषद् तथा प्रदेश सभा सुरक्षा व्यवस्थापनको तयारीमा जुटेका हुन् ।
अधिकारीहरुले सुरक्षासम्बन्धी ७ कार्यलाई प्राथमिकतामा राखेर काम थालेको बताए ।
प्रदेश प्रमुख संगै मुख्यमन्त्री, मन्त्री सभामुख उपसभामुख, कार्यालय, संसद भवन, निवासहरुको सुरक्षाका लागि विभागसंग जनशक्ति माग गरिएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।