ग्यास उद्योगमा आगो लागेपछि नजिकको बस्ती सारिँदै

४ पुस ७४, बुधबार

५ पुस, वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रण बाहिर गएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

ग्यास उद्योग नजिक रहेको मसिहानी बस्ती खाली गराइएको हो । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । आगो फैलिँदै गएपछि वरपरका बासिन्दा त्रसित भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अनलाइनखबरसँग भने, ‘हाम्रो स्रोतसाधान र क्षमताले नभ्याउने भएपछि भित्र पस्ने अवस्था छैन । आगो निभाउन सकिएको छैन । हामीले बाहिरको बस्ती सार्ने तर्फ ध्यान केन्द्रित गरेका छौं ।’

Advertisement

ग्यास उद्योग नजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।

बिहान सवा ६ बजेतिर उद्योगमा आगो लागे पनि नियन्त्रण हुन सकेको छैन । तर, आधा घण्टा अघिदेखि सिलिण्डरहरु पड्किने क्रम रोकिएको प्रजिअ सिंहले बताए ।

Advertisement

आगो निभाउन गएको दमकल नै जलेको, फायर म्यान घाइते भएको, आगो निभाउने गएकामध्ये दुई जना सम्पर्क विहीन भएको र ग्यास सिलिण्डर पड्किरहेकाले आगो निभाउने प्रयास नै नगरिएको हो ।

आगलागी भएको स्थानमा दुईवटा शव भेटिएका छन् । शव अग्नि नियन्त्रकको रहेको प्रजिअ सिंहले  जानकारी दिए ।
घाइते २ जनालार्इ उपचारका लागि काठमाडौं पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top