NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको बिहिबार माघ १ , २०८२
अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ? बिहिबार माघ १ , २०८२
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

भरतमोहन अधिकारीलाई विराटनगरमा भव्य नागरिक अभिनन्दन

शनिबार मंसिर १ , २०७५
Reading Time: 1 min read
A A
भरतमोहन अधिकारीलाई  विराटनगरमा भव्य नागरिक अभिनन्दन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,मंसिर १
नेपाली कम्यूनिष्ट आन्दोलनका अगुवा एवम् पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारीलाई शनिबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

नेकपाका नेता एव पुर्व अर्थमन्त्री समेत रहेको ८२ बर्षीय अधिकारीलाई विराटनगरस्थित बिरेन्द्र सभागृहमा कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक सम्मान दिँदै भव्य नागरिक अभिनन्दन गरिएको हो ।

भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीतिक आन्दोलन गरेका अधिकारीलाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।

LS Auto

कार्यक्रमका प्रमुख अतिथि रहेका एक नं प्रदेशका प्रमुख डा. गोविन्द सुब्बाले विषेश कदर पत्र,मुख्यमन्त्री शेरधन राईले टोपी र दोसल्ला ओढारए अधिकारीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा दर्जन वढी विभिन्न संघ संस्थाले पनि अधिकारीलाई टिका र माला लगाइदिएर सम्मान प्रकट गरेका थिए ।कार्यक्रममा सम्बोधन गदै एक नं प्रदेशका प्रमुख डा. सुब्बाले अधिकारी नेपाली राजनितिप्रति प्रतिबद्ध र ईमान्दार छवि बनाउन सफल एक कर्मठ ब्यक्ति रहेको भन्दै अधिकारीको ब्यतित्वको खुलेर प्रसंसा गरेका थिए।

प्रदेश प्रमुख सुब्बाले नेपाली कम्यूनिष्ट आन्दोलनमा उनको भुमिका मुलुकले बिर्सन नहुनेमा जोड दिँदै उनी जस्ता नेताको सम्मानमा आफु सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

कार्यक्रमका विषेश अतिथि रहेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधान राईले मुलुक परिवर्तनका लागि अधिकारीको नेपाली राजनितिमा महत्वपुर्ण भुमिका रहेको बताए ।

मुख्यमन्त्री राईले अधिकारी आफ्नो राजनैतिक जीवनको प्रेरणको स्रोत भएको बताउँदै उनले ०६२/०६३ सालको जन आन्दोलन त्यसैगरी संविधान लेखन जस्ता कार्यमा अधिकारीको महत्वपुर्ण योगदानलाई मुलुकले भुल्न नसक्ने बताए ।

कार्यक्रममा अभिन्दित अधिकारीले धेरै कारणले विराटनगरको आफ्नै गरिमामय इतिहास रहेको भन्दै विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी बनाउन माग राखे ।

उनले भने ‘मेरो योगदानलाई कदर गर्दै मलाई सम्मान गर्नु भयो म ज्यादै खुसी भएँ, म तपाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रदेश नं एकको अस्थायी राजधानी विराटनगरलाई अब पुर्ण राजधानी बनाउँ’।

अधिकारीले अहिले सबै मिल्ने समय भएकाले यो अनुकुलको समयलाई सही सदुपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउनपनि उनले आग्रह गरे ।

विस २०४६ सालको राजनीतिक आन्दोलन अघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागेका थिए ।

एलिट क्लब विराटनगरको संस्थापकसमेत रहेका अधिकारीले २०४६ सालको आन्दोलन अघि विराटनगरमा राजनीतिक जागरण ल्याउन भूमिका खेलेका थिए ।

बहुदलिय आन्दोलनपछि मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारमा भरतमोहन अर्थमन्त्री थिए । ज्येष्ठ नागरिकलाई बृद्धाभत्ता दिने कार्यको प्रारम्भ गर्न अधिकारीको भूमिका थियो ।

भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह दिवस मनाउन डा. भेषप्रसाद धमलाको अध्यक्षतामा ३०१ सदस्यीयसमिति गठन गरिएको थियो ।

त्यसैगरी ज्येष्ठ नागरिक दिवस समारोहका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको थियो ।

लोकप्रीय

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

बिहिबार माघ १ , २०८२

विचार

थप समाचार

निर्वाचन

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

बिहिबार माघ १ , २०८२
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन
समाचार

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

बिहिबार माघ १ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

गगन थापा नेपाली कांग्रेसको सभापति, कस्तो छ टिम गगन ?

बिहिबार माघ १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.