३३ किलो सुन तस्करीको मुद्दा सर्वोच्च जाँदै

Share this
683shares

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीको सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३३ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका हाईप्रोफाईल प्रहरी विरुद्ध सरकारी वकिल सर्वोच्च अदालत जाने भएका छन् ।

Advertisement

उच्च अदालत विराटनगरको आदेश पछि साधारण तारेखमा छुटेका पुर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासराज खनाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निवेदनसहित उच्च सरकारी वकिलको कार्यालय सर्वोच्च अदालत जाने भएको हो ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका हाई प्रोफाईल प्रहरी अधिकृत पुर्व डिआईजी गोविन्द निरौला, एसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी साधारण तारेखमा छुटेका थिए ।

Advertisement

त्यस्तै जिल्लाको आदेश पछि थुनामा रेहेका व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवाल, राकुमार तिवारी र गोरेका सहयोगी मदन सिलवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्ने आदेश दिएको थियो ।

उच्च आदेशको वदर गरी थुनामा राखेर पुर्पक्ष गर्न १७ नम्बर निवेदनसहित सर्वोच्च अदालत जाने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख चिरञ्जिवी पराजुलीले जानकारी दिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top