NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

देउवा र ओलीबीच किन दूरी बढ्यो

बिहिबार पुस ६ , २०७४
Reading Time: 1 min read
A A
निर्वाचनपछि यस्तो आयो देउवा र ओलीको प्रतिक्रिया
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ। यो खबर महेश्वर गौतमले आजको राजधानीमा लेखेका छन्।

एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवाबीच गत ५ मंसिरयता एकपटक पनि संवाद भएको छैन।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचारसमेत आरोप प्रत्यारोपमै बित्यो।

LS Auto

देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेताबीचको दूरी झन बढेको छ।

सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्थाअनुसार सत्ता हस्तान्तरण गर्ने तयारमिा छ। तर, एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन्।

प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटोअनुसार अघि बढेको बताउँदै आएको छ।

स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघारदेखि नै दूरीमा रहँदै आएका छन्।

गत ५ मंसिरमा बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो भने त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा–ओलबीच भेटघाट भएको थियो। सो भेटमा भने दुवै नेताबीच संवाद भएन।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गत मंसिरमा बालुवाटारमा भेटघाट भएको बताए। उनले त्यसयता प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेट नभएको बताए।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जली सभामा लाजिम्पाटमा भेट भएको तर औपचारिक संवाद नभएको बताए।

यस बीचमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भने भेटघाट र संवाद भएको छ। प्रधानमन्त्री देउवाले केही दिनअघि मात्रै माओवादी अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे संवाद गरेका थिए।

प्रधानमन्त्री देउवाले सो भेटमा राष्ट्रिय सभा निर्वाचनका लागि संवैधानिक बाटोबाट नै सरकारले राष्ट्रपतिसामु अध्यादेश स्वीकृतिका लागि पठाएको र सो स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनको कानुनी बाटो फुकाएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका थिए।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल मुलुक रिक्तता र तिक्तताको अवस्थामा रहेकाले यस्तो अवस्थामा दूरी बढ्दा कसैलाई फाइदा नहुने बताउँछन्। सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच संवादको आवश्यकता रहेको उनको भनाइ छ।

‘मुलुक रिक्तता र तिक्तताको अवस्थाबाट अघि बढिरहेको छ, यस्तो अवस्थामा सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच झनै संवादको आवश्यकता पर्छ, नियमित संवाद हुनुपर्छ,’ दाहालले भने।

लोकप्रीय

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२

हालका पोस्टहरू

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.