बागलुङमा दुई वर्षमा १९० महिला तथा बालबालिका बेपत्ता

४ मंसिर ७५, बुधबार

गलकोट,मंसिर ४

Advertisement

दुई वर्षको अवधिमा बागलुङ जिल्लामा १८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३–७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आव २०७४–७५ मा ७९ महिला तथा बालबालिकामध्ये ६७ महिलासहित १२ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रम आव २०७३–७४ मा बढे पनि २०७४–७५ मा भने घटेको छ ।

Advertisement

हराउनेमध्ये केहीले भागेर आफैँ बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ । छिमेकी देश भारतको खुला सीमा र बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै महिला तथा बालबालिका हराउन थालेको रेग्मीको भनाइ छ ।

‘सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ’, रेग्मीले भने, ‘महिला तथा बालबालिका विभिन्न प्रलोभनमा परी परिवारबाट सम्पर्कविहीन हुने गरेका छन् ।’ प्रहरीको अध्ययनअनुसार हराएका महिला तथा बालबालिका कतिपय अवैध कार्यमा समेत संलग्न भएको पाइएको छ ।

Advertisement

आव २०७३र७४ मा हराएका ११० मध्ये ३५ महिला र १८ बालबालिका र आव २०७४र७५ हराएका ७९ मध्ये २८ महिला र छ बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् ।

यस्तै चालू आवको अहिलेसम्मको अवधिमा हराएका २४ मध्ये छ महिला तथा तीन बालबालिका परिवारको सम्पर्कमा आएका छन् । हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top