विदेश शयरमै रमाउँछन् मेयर

काठमाडौँ : विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ जानुभएको छ ।

भियतनाममा हुने विभिन्न राष्ट्रका शहरका मेयरहरुको बैठकमा भाग लिन महर्जन त्यसतर्फ जानुभएको उहाँका सहयोगी स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिनुभयो । ‘महानगरपालिकालाई खर्चको भार नपर्ने गरी उहाँ नगई नहुने भएकाले मात्र विदेश जानुभएको हो’, स्वकीय सचिव वज्राचार्यले भन्नुभयो– ‘महत्वपूर्ण भ्रमण भएकाले यसअघिको विदेश भ्रमणसँग यसलाई जोडेर लिनुहुन्न ।’ नगर विकासका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धको विकास गर्न विदेश भ्रमण गर्दै आएको वज्राचार्यको दाबी छ ।

अहिलेसम्म ११औं पटक विदेश भ्रमण
यसअघि उहाँले १० पटक विदेश भ्रमण गरिसक्नुभएको छ । देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुनुहुन्छ । महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ । डेढ वर्षयता उहाँको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ ।

महर्जनले यसअघि असोज असोज १४ देखि २१ सम्म मंगोलिया, गत वर्ष साउन १४ देखि भदौ १६ सम्म जापान, भदौ ५ देखि १७ कोरिया, कात्तिक २ देखि ६ श्रीलंका, असोज ५ देखि ११ थाइल्यान्ड, असोज २४ देखि ३० थाइल्यान्ड, पुस ३० देखि माघ ५ सम्म म्यानमार, माघ ८ देखि ११ जापान, फागुन १२ मा फेरि जापान र त्यसपछि चीन जानुभएको थियो। २ महिनाअघि फेरि चीन भ्रमण जान खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकेको थियो ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top