×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

विराटनगरबाट माउन्टेन फ्लाईट सुरु

८ मंसिर २०७५

विराटनगर मंसिर ८

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट शनिवारबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सुरु भएको छ ।

Advertisement
Advertisement

प्रदेश नं १ को अस्थायी राजधानी रहेको विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पल्ट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट सुरु गरिएको हो ।

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिवारबाट शुरु गरिएको माउन्टेन फ्लाईटमा प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु प्रदेश सरकारका प्रमुख सचिव,त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु,पर्यटन व्यावसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरुको अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सि आरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाईट गरेको हो । बिशेष त भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाण्डौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गरिने योजना रहेको छ ।

पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने छ । विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाईटका लागि यति एयरलाइन्ससँगको साझेदारी गरिएको छ ।

यति एयरलाइन्सलाई कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाईट लागि प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ । विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सयमा माउन्टेन फ्लाईट भर्ने पाउनेछन । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईट काठमाण्डौ भन्दा सस्तो हो ।

काडमाण्डौबाट माउन्टेन फ्लाईटका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ रुपैया तिर्नुपर्ने हुन्छ ।

पर्यटक भित्राउन माउन्टेन फ्लाईट कोशेढुङाःमुख्यमन्त्री

विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाईटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको बिकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले माउन्टेन फ्लाईट सुरु हुनुले वाह्य र आन्तरिक पर्यटन भित्राउन कोशेढुङा सावित हुने बताए ।

उनले प्रदेश भित्र रहेका पर्यटन क्षेत्रको प्रर्वद्धन र बिकास गरी त्यसले प्रदेशलाई समृद्धिको यात्रामा अघि वढनपनि सहयोग पुग्ने जानकारी दिए । उनले प्रदेश सरकारले नीजि क्षेत्रको सहयोगमा यस प्रदेशको बिकास गर्न चाहेको भन्दै प्रदेश सरकारको विकासको योजनालाई साझा बनाएर अघि वढन आवश्यक रहेकोमा जोड समेत दिए ।

उनले माउन्टेन फ्लाईटको उडान अब कुनैपनि अबस्थामा नरोकिने र यसलाई नियमित गर्नका लागि प्रदेश सरकारले सम्बन्धित एयरलाईन्स कम्पनीसंगपनि कुरा गर्ने आवश्वसन समेत दिए ।

सो अवसरमा प्रदेश १ का पर्यटनमन्त्री जगदिश कुशियतले माउन्टेन फ्लाईटलाई निरन्तरता दिन प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

विराटनगर ट्राभल्स एशोसियशनका अध्यक्ष फडिन्द्र अधिकारीले विराटनगरबाट माउन्टेन फ्लाईटको उडानलाई व्यवसायिक रुपमा नियमित गर्न चुनैती रहेको बताए । उनले आन्तरिक पर्यटनको भरमा मात्र उडानलाई नियमित गर्न सम्भव नहुने भन्दै वाह्य पर्यटन आर्कषित गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक नीतिका साथै यसको प्रचारप्रसारका लागि सहयोग आवश्यक रहेकोमा जोड दिए ।

यात्रुको चापलाई हेरेर साप्ताहिक रुपमा शनिबारमात्र गरिने माउन्टेन फ्लाईटलाई शुक्रबारपनि गर्ने योजना रहेको छ । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् ।

Advertisement

प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ । प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन्।जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाईट हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top