×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

च्यारिटी खेलमा पराजित, जोन्टी ११ ले १ विकेटले हरायो

८ मंसिर २०७५

काठमाडौं , मंसिर ८
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ ।

शनिबार टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । जवाफमा जोन्टी ११ ले ९ विकेट गुमाउँदै अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो ।

Advertisement
Advertisement

पारस ११ टोलीमा कप्तान पारस खड्कासँगै कमेडीयन सन्दीप क्षेत्री विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, लगायतका खेलाडी खेलेका थिए ।

सन्दीपले खेलमा बलिङ, ब्याटिङ र फिल्डीङ तीनै पक्षमा रमाइलो प्रदर्शन गरेका थिए । जोन्टी ११ बाट कप्तान रोड्ससँगै अभिनेता सुनील थापा, प्रशिक्षक मन्जुर आलम खान, दीपेन्द्र चौधरी, राष्ट्रिय टोलीका अनिल कुमार साह, सुवास खकुरेल, लगायतले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस)र स्पोट्र्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Advertisement
Advertisement

रोड्स ‘राइज अफ द क्रिकेटिङ’ हाइ पर्फर्मेन्स क्याम्पका लागि पछिल्लो दुई सातादेखि नेपालमा छन् । दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । विश्व अटिजम दिवसको अवसरमा गराईएको च्यारिटी खेलमा दर्शकहरुको लागि भने प्रवेश निस्शुल्क रहेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top