विराटनगर, मंसिर १०
दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दे एस ए एस एस सद्भावना दुत रहेकी विराटनगरकी अनुपमा वास्तोला श्रीलंका तर्फ प्रस्थान गरेकी छिन् ।
श्रीलंकाको कोलोम्बोमा यही २८ नोभेम्बरदेखि डिसेम्बर १ सम्म हुने उक्त कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यका विषयमा छलफल हुनेछ ।अन्तर्राष्ट्रिय युवा समितिले आयोजना गरेको उक्त कार्यक्रममा दक्षिण एशियाका विभिन्न राष्ट्रबाट युवाहरुको सहभागिता रहनेछ ।
युथ फर ब्लडकी अभियन्ता, लियो क्लब अफ विराटनगर ईनोभेटिभकी पूर्व अध्यक्ष , हामी युवाकी उपाध्यक्ष रहेकी अनुपमाले यस सम्मेलनले आफूलाई दिगो विकासका लक्ष्य र युवा नेतृत्वको क्षेत्रमा झन निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।










