धनकुटाकी बन्दनाले राखिन् नाचेर विश्व रेकर्ड

१२ मंसिर ७५, बिहीबार

विराटनगर, मंसिर १२
धनकुटाकी बन्दना नेपालले नाचेरे विश्व रेकर्ड कायम गरेकी छिन्  ।अहिलेसम्म सबैभन्दा लामो समय (१२६ घण्टा) निरन्तर नाचेर उनले गिनिज बुकमा नाम लेखाएकी हुन ।

Advertisement

मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो नृत्यको यात्रा शुभारम्भ गरेकी बन्दनाले भारतको रेर्कडलाई मंसिर १२(आज) तोडेकी हुन् ।

Advertisement

१७ बर्षिय उनले बुधबार १२ बजेर १६ मिनेटमा रेकर्ड तोडेकी हुन् । यसअघि सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर सुरक्षीत गरेकी थिइन् ।

बन्धना चेसी ईन्टरनेशनल कलेजमा प्लस टुमा अध्ययनरत छिन् । हरेक घन्टाको ५ मिनेट बन्दनाको लागि सौचालय र पानी खानको लागि समय ब्रेक गरिएको थियो भने उनको उत्साह र र कामलाई हौसला दिनको लागि विभिन्न कलाकारको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो भने पुर्व प्रधानमन्त्री माधव नेपाल पनि उपस्थित थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top