लिभरपुलमाथि पीएसजीको जित

१३ मंसिर ७५, बिहीबार
Share this
697shares

एजेन्सी, मंसिर १३
जारी युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार बेहोरेको छ ।
पीएसजीको घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा लिभरपुलले पीएसजीसँग २–१ को हार बेहोरेको हो ।

Advertisement

पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले गोल गरे भने लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काए । खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलमा पीएसजीले खेलको १३औं मिनेटमा जुआनको गोलबाट अग्रता बनाएको थियो । बर्नाटले एमबाप्पेले दिएको क्रस पासलाई सदुपयोग गरेका थिए । ३७औं मिनेटमा पीएसजीले अग्रता दोब्बर पार्यो । नेयमारले एमबाप्पे र एडिन्सन काभनीसँग वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।

Advertisement

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पायो । डि मारियाले साडियो मानेलाई बक्समा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिए । जसमा जेम्स मिल्नर ले गोल गरे । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेनन् । अन्तत ः पीएसजी २–१ ले विजयी भयो ।

Advertisement

जितसँगै पीएसजी समूह ‘सी’ बाट पीएसजीले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले ५ खेलबाट समान २ जित र बराबर तथा १ हार बेहोर्दै ८ अंक जोडेको छ । समूह चरणको अन्तिम खेलमा क्रेभेना जेभेजदासँग जित हात पारे पीएसजी नकआउट चरणमा प्रवेश गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top