विमा दाबी गर्न आफ्नै गाडीमा आगो !

विमा दाबी गर्न आफ्नै गाडीमा आगो !

विराटनगर : विराटनगर काँकडभिट्टा रुटमा थपिएका नयाँ गाडीसँग प्रतिस्पर्धा गर्न नसक्दा मोरङमा एक ब्यक्तिले आफ्नै गाडीमा आगो लगाएका छन् ।

गाडी नचलेपछि ऋण तिर्न नसकेको रामेछाप मन्थली नगरपालिका– ५ का शम्भु कार्कीले बा ३ ख ८०७४ नम्बरको आफ्नै माईक्रो बसमा आगो लगाएका हुन् ।

चालक समेत रहेका कार्कीले सहचालकको सहयोगमा मंगलबार राती ग्रामथान गाउँपालिका– ५ को मसानचोकमा आगो लगाएका थिए ।,यो समाचार पाउनासाथ दिनेश बरुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दिनेशले गाडी नचलेपछि ऋण तिर्न नसकेको र बीमा दाबी गर्न पेट्रोल छर्किएर आगो लगाएको बयान दिएका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.