विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

१४ मंसिर ७५, शनिबार

विराटनगर, मंसिर १५
एक साता अघि बाट सुरु भएकोे विराटनगर जेसीजको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको छ।साता व्यापीरुपमा विभिन्न कार्यक्रम गरेको विराटनगर जेसीजले शुक्रबार विराटनगरको जेसीज भवनमा भव्य कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहको समापन गरेको हो ।

कार्यक्रममा युवा तथा वातावरण क्षेत्रमा योगदान पु¥याए बापत अभिषेक श्रेष्ठ, कला क्षेत्र तथा सगरमाथामा आरोह गर्ने कलाकार अर्जुन कार्की तथा फुटबल खेलाडी भोला सिलवाल लाई जेसीज सम्मान गरिएको थियो।साताव्यापी कार्यक्रमको मुख्य संयोजक सेवक वजगाईको नेतृत्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा अभिनास थापालाई पुरस्कृत गरिएको थियो।

Advertisement

नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी प्रमुख अतिथी रहेको सो कार्यक्रममा राष्ट्रीय कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, हरि वहादुर श्रेष्ठ विशिष्ट अतिथी रहेका थिए ।कार्यक्रममा ट्रष्टका अध्यक्ष गोपाल गुप्ता, विराटनगर जेसीजका निवर्तमान अध्यक्ष श्याम सुन्दर पौडेल(मिलन) तथा अध्यक्ष राजेन्द्र थपलिया लगायतले आफ्ना भनाई राखेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top