राष्ट्रिय खेलकुदको टेबलटेनिसतर्फ मोरङबाट १० जना खेलाडी छनौट

१५ मंसिर ७५, शनिबार
Share this
689shares

विराटनगर, मंसिर १५
मोरङ जिल्लाबाट आठौं राष्ट्रिय खेलकुदका लागि टेबलटेनिसतर्फ १० जना खेलाडी छनौट भएका छन् । शुक्रबार र शनिबार दुईदिनसम्म जिल्ला टेबल टेनिस संघले आयोजना गरेको छनौटका क्रममा महिला तथा पुरुषबाट समान पाच जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष रोशन दत्तले जानकारी दिए ।

Advertisement

अध्यक्ष दत्तका अनुसार, जिल्ला छनौटमा २० जना खेलाडीको सहभागिता रहेको थियो । संघले शनिबार अन्तिमदिन पुरुषतर्फ करण राई, सन्तोष काफ्ले, वोधित डि.सी., राहुलकुमार साह र राजेश भट्टराई छनौट भएको जनाएको छ ।

त्यस्तै महिलातर्फ एलिना राई, पुष्पा पुडासैनी, सम्वृद्धी लुइटेल, अंजली मंडल तथा पूजा दंगाल छनौट भएको अध्यक्ष दत्तले बताए । वैकल्पिक खेलाडीमा पुरुष तर्फ प्रवेश न्यौपाने तथा महिला तर्फ अंशु श्रेष्ठ छनौट भएका छन् ।

Advertisement

मंसिर अन्तिममा हुने भनिएको प्रदेश स्तरीय खेलकुदका लागि निष्पक्ष र सही खेलाडी छनौट गरिएको मोरङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष दत्तको भनाइ छ ।

जिल्लामा गरिएको छनौटका लागि राष्ट्रिय खेलकुद परिषद्द्धारा बिनियोजन गरिएको ५ लाख ९० हजार रुपैया अपूग हुदा खेलाडी उत्पादनमा समस्या भएको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले बताए । आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा हुदैछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top