विराटनगरमा पनि टाँसियो ‘सरकार भेटियो न्याय भेटिएन’को पोष्टर

१५ मंसिर ७५, शनिबार
Share this
765shares

विराटनगर,मंसिर १५
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्र्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ । युवा अभियान र नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा प्रर्दशन भएको हो ।

Advertisement

बालिका निर्मला पन्तको फोटो र प्लेकार्ड सहित स्थानिय ट्राफिकचोकमा जम्मा भएका युवा र विद्यार्थी नेता सम्मिलित समूहले नगरक्षेत्रको विभिन्न भागमा प्रर्दशन गरेको थियो । सो क्रममा उनीहरुले प्रदेशसभा भवन अगाडि धर्नादिदै सरकार बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Advertisement

उनीहरुले निर्मलाका निम्ति न्याय माग्ने क्रममा निस्किएका सर्वसाधारणमाथि प्रहरीले दमन गरेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

प्रर्दशनका सहभागीले प्रदेशसभा भवनको पर्खालमा सरकार भेटियो न्याय भेटिएन लेखिएको बालिका निर्मला पन्तको पोष्टर समेत टांसेका थिए ।

Advertisement

न्याय माग्ने क्रममा काठमाडौमा भएको प्रर्दशनमा प्रहरीले सर्वसाधारणलाई पक्राउ गरेको विरोध तथा निर्मलालाई न्याय दिन माग गर्दै प्रर्दशन गरिएको विद्यार्थीहरुले बताएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top