विराटनगर वरियर्सद्धारा ४ विदेशी खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

१८ मंसिर ७५, मंगलबार
Share this
732shares

काठमाडौं, मंसिर १८
एभरेष्ट प्रिमियर लिग (ईपीएल) को साविक विजेता विराटनगर वरियर्सले मंसिर २२ बाट सुरु हुने तेस्रो संकरणको ईपीएलका लागि आफ्ना ४ विदेशी खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।वरियर्सले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो ।

Advertisement

सार्वजनिक गरेको विदेशी खेलाडीमा हङकङका पूर्वकप्तान बाबर हायत,नेदरल्यान्डका पाउल भेन म्याकेरन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डि मार्वे र भारतका स्मित पटेलको रहेका छन् भने प्रशिक्षकको रुपमा उमेर पटवाललाई नियक्त गरेको जनाएको छ ।

३३ वर्षिय रोलोफले दक्षिण अफ्रिकाबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । रोलोफले वान डे र टी– २० खेल दक्षिण अफ्रिकाबाट सन् २००९ मा अस्ट्रेलियाबीरुद्ध डेब्यु गरेका थिए । रोलोफ नेदरल्यान्डस्का भरपर्दा अनुभवी खेलाडी हुन् । उनी आईपीएलमा दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्चर बेङ्लोरबाट खेली सकेका खेलाडि हुन् ।

Advertisement

उनले १३, वान डे, २५ टी–२० अन्तर्राष्ट्रिय, १ सय ७३ लिष्ट ए साथै १ सय ८९ टी–२० खेल खेलेका छन् । वान डेमा कुल ३९ रन बनाउनुको साथै १७ विकेट लिएका छन् । त्यस्तै १ सय ८९ टी–२० खेलमा उनले २१०९ रन बनाउँनुको साथै १ सय ७४ विकेट हात पारि सकेका छन् ।

त्यस्तै नेदरल्यान्डका पाउल भेन बलिङ अलराउण्डर हुन् । मध्य गतिमा गतीमा बलिङ गर्ने २५ वर्षिय पाउलले नेदरल्यान्ड्सबाट ४ वान डे,२३ टी–२० र ४४ लिष्ट ए खेल खेलेका छन् । उनले वान डे मा २, टी–२० मा २० र लिष्ट ए मा ४२ विकेट लिएका छन् । त्यस्तै हङकङका कप्तान बाबर अघिल्लो वर्ष पनि विराटनगरबाटै खेलेका थिए ।

Advertisement

पटेलले गुजरात इन्डियाबाट खेल्ने गर्दछन। एक महिना अघि पोखरा लिग प्रिमियर (पीपीएल) मा चितवनबाटै पारसकै टिमबाट खेलेका थिए ।विराटनगरले प्रतियोगिताको सुरुवातमा मंसिर २२ मा ललितपुरसँग खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top