NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

प्रचण्डले ओलीलाई फोन गरेर भने- सोचौं है सोचौं !

आइतवार पुस ९ , २०७४
Reading Time: 1 min read
A A
एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता, ओली र प्रचण्डको औपचारिक भेटवार्ता आज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ पुस, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको मतगणना सकिएको एक हप्ता भइसक्यो तर, दलहरुले पाएको सिट संख्या निर्वाचन आयोगले सार्वजनिक गर्न सकेको छैन । यसले नयाँ सरकार गठन प्रक्रिया नै रोकिएको छ ।

किन समानुपातिकको सिट तोक्न तोक्न सकिएन भनेर निर्वाचन आयोगले औपचारिकरुपमा बालेको छैन ।

सरकार छाडेर प्रतिपक्षमा जानुपर्ने कांग्रेस र सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर दन्तबझान गरिरहेका छन् ।

LS Auto

जब सरकारले अध्यादेश राष्ट्रपतिकहाँ पठाएको दुई महिना बित्यो र दलहरुले आफ्नो पोजिसन लिए, तबमात्रै राष्ट्रपति विद्या भण्डारीले राजनीतिक तथा कानुनी परामर्श थालेकी छन् ।

योबीचमा शुक्रबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पाँच दलको बैठक पनि बस्यो तर, कुनै निकास निस्किएन । निस्कने आशा र अपेक्षा पनि थिएन, किनकि दलहरु आफ्नो अडानमा टसमस भएकै छैनन् ।

माओवादीको मध्यमार्गी लाइन

यसैवीच पहिलो र दोस्रो दलको अडानका बीचमा तेस्रो दल माओवादीले भने मध्यमार्गी बाटो रोजेको छ । सुरुमा राजनीतिक सहमति गरौं भनेको माओवादी केन्द्रले अब भने खुलेरै कांग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने मत सार्वजनिक गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनका सहयात्री एमालेका अध्यक्ष केपी ओलीलाई फोन गरेरै प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी सम्झाएका मात्र छैनन्, राष्ट्रियसभा गठनमा आफ्नो फरक मत दर्ज गराएका छन् ।

एमालेले अध्यादेशमा प्रस्तावित एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान लिँदै आएको छ । ओलीले यसलाई कांग्रेसको सत्ता लम्ब्याउने खेलका रुपमा लिएका छन् ।

तर, प्रचण्डले कांंग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने आफ्नो धारणा ओलीलाई सुनाएका छन् ।

‘कांग्रेसका साथीहरुको समस्या के भन्ने वामपन्थीहरुले बुझिदिनुपर्ने देखेको छु मैले’, प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बहुमतीयमा गयो भने कांग्रेसको एउटा पनि नआउने भयो, राष्ट्रियसभामा एकजना पनि नआउनु वामपन्थीका लागि पनि धेरै खुसीको कुरा हुँदैन ।’

प्रचण्डले अघि थपे, ‘यो प्रणालीभित्र कमसेकम प्रतिपक्षका २/४ जना हुँदा बहस छलफलमा जो जीवन्तता आउँछ । त्यो उपाय खोजी गर्नेतिर ध्यान दिँदा राम्रो हुने हो कि भनेर मैले भर्खर ओलीजीलाई भनेको छु, सोचौं है सोचौं ।’

दुईतिहाई नजिक मत पाएको वाम गठबन्धन बढी नै जिम्मेवार हुनुपर्ने उनले बताए । ‘बढी नम्र हुनुपर्ने र प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी हाम्रो छ’ सहमतिबाटै निकास खोज्नुपर्ने भन्दै उनले भनेका छन् ।

onlinekhabar

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.