साउनदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने, इपेमेन्टकाे सेवा अाजदेखि सुरु

२५ मंसिर ७५, मंगलबार

काठमाडौं,मंसिर २५
दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत् आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत् भुक्तानी सेवा समेत उपलब्ध गराएको छ ।

Advertisement

कार्यालयले मंगलबारदेखि सेवाग्राहीले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा दस्तुर तथा जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाएको हो ।

मंगलबार कार्यालयले आयोजना गरेको अनलाइन पेमेन्ट शुभारम्भ कार्यक्रममा उद्योगमन्त्री मातृका यादवले अनलाइन पेमेन्टको शुभारम्भ गरेका हुन् ।

Advertisement

अनलाइन प्रविधिको सुरुवात गर्दै मन्त्री यादवले यसले कार्यालयभित्र हुने अनियमितता अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । शुभारम्भसँगै सेवाग्राही दीपक न्यौपानेले पहिलोपटक अनलाइनमार्फत् कार्यालयको शुल्क भुक्तानी गरेका थिए ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले इपेमेन्टको व्यवस्था मिलाए पनि त्यसको सीमा १ लाख सम्म रहने बताइन् ।

Advertisement

सो भन्दा बढी भुक्तानीका लागि विद्यमान ऐन, कानून र व्यवस्था वाधक रहेकोले हालका लागि सेवाग्राहीले सो सीमासम्मको भुक्तानी अनलाइनमार्फत् गर्न सक्ने उनको भनाई थियो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top