जनप्रतिनिधि नै ठेकेदार : निर्माण कार्यमा ढिलासुस्ती

विराटनगर : ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी विराटनगर– देवानगञ्ज सडक निर्माणको ठेक्का लिएका एक जनप्रतिनिधिले तोकिएको आधामात्र काम सम्पन्न भएपछि म्याद थप गर्ने तयारी गरेका छन् ।

Advertisement

सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीको कम्पनीले ठेक्का लिएको विराटनगर– देवानगञ्ज सडक निधारित समयमा आधा मात्र सम्पन्न भएपछि ६ महिना थप गर्ने तयारी गरेका हुन् ।

विराटनगरस्थित सडक डिभिजन कार्यालयले १० करोड ८७ लाख रुपैँयामा १३ किलोमिटर सडक कालोपत्रेका लागि डाँफे पुष्पाञ्जली जेभीलाई दिएको थियो । ठेकेदार कम्पनीका सञ्चालक कोशी गाउँपालिका अध्यक्ष अन्सारी हुन् ।

Advertisement

वि. सं २०७२– ०७३ मा निर्माण सुरु भएको विराटनगर– देवानगञ्ज सडकको निर्माण अवधि शनिबार सकिँदैछ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top