युरोपा लिगः क्वारावागमाथि आर्सनलको कठिन जित

२८ मंसिर ७५, शुक्रबार
Share this
690shares

एजेन्सी, मंसिर २८
जारी युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वारावाग एफसीमाथि १–० को कठिन जित निकालेको छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा एलेक्स लाकाजेट्टीको एकमात्र गोलमा आर्सनलले क्वारावागमाथि झिनो जित निकालेको हो ।

Advertisement

लाकाजेट्टीले खेलको १६औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले मेसुट ओजिलको पासमा गोल गरेका थिए । दुवै टोलीले केही प्रयास गरेपनि त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

यससँगै आर्सनलले युरोपा लिग फुटबलको समूह चरणमा अपराजित रहँदै समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो भने क्वारावाग ३ अंक जोडेर पुछारमा रह्यो ।

Advertisement

यही समूहको अर्काे खेलमा स्पोर्टिङ लिस्वनले भोर्सकालाई ३–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । स्पोर्टिङको जितमा फ्रेड मोन्टेरो र मिगुइल लुइसले गोल गर्दा एक गोल उपहार पाएको थियो ।स्पोर्टिङले ६ खेलबाट १३ अंक जोड्यो भने भोर्सका ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top