नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने तयारी

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ।

नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। सबैको मापन फरकफरक निस्किएको छ। नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो।

Advertisement

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो। चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाइ लिइएको थियो। आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top