आईपीएलमा नेबिकेका यी १५ स्टार खेलाडी

एजेन्सी,पुस ४
विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ ।

भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई ८ करोड ४० लाखमा राजिस्थान रोयल्सले खरिद गरेको छ । गत वर्ष रोयल्सले नै उनलाई ११.५ करोडमा किनेको थियो ।

वरुण चक्रवतीलाई डेब्यूमै किंग्स इलाभेन पञ्जावले ८ करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो । त्यस्तै इंग्ल्यान्डका युवा अल राउण्डर साम करनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड २० लाख खर्चेको छ ।

Advertisement

अक्षर पटेल, महित शर्मा र शिवम दुबेमाथि समान ५ करोडको मुल्य लाग्यो । अक्षरलाई दिल्ली क्यापिटल्स, मोहितलाई चेन्नइ सुपर किंग्स र दुबेलाई रोयल च्यालेन्जर बेंग्लोरले भित्र्याएका छन् ।

त्यस्तै १५ वर्षिय प्रयास राय बर्मनलाई १ करोड ५० लाखमा रोयल च्यालेन्चर बेंग्लोरले किन्यो । युवराज सिंह र मार्टिन गुप्टिल अन्तिममा किनिए ।

Advertisement

युवराज सिंहलाई मुम्बई इन्डियन्स र गुप्टिललाई सनराइज हैदरावादले समान एक करोड खर्चिए । तर आईपीएलमा पहिलो शतक बनाउने न्युजिलयान्डका ब्रेन्डन मक्कुलम देखी यी १५ स्टार खेलाडीलाई भने कुनै टिमले लिएनन् ।

१. ब्रेन्डन मक्कुलम (न्युजिल्यान्ड) आक्रमक ब्याट्सम्यान

२. डेल स्टेन (दक्षिण अफ्रिका) तीब्र गतिका बलर

३. एलेक्स हेल्स (इंग्ल्यान्ड) ओपनर ब्याट्सम्यान

४. सिकन्दर राजा (जिम्बाबे) अलराउण्डर

५. एडम जाम्पा (अष्ट्रेलिया) स्पिनर

६. क्रिस वोक्स (इंग्ल्यान्ड) अलराउण्डर

७. जेसन होल्डर (वेस्टइन्डिज) अलराउण्डर

८. मुफिकुर रहिम (बंगलादेश) विकेटकीपर तथा ब्याट्सम्यान

९. हसिम अमला (दक्षिण अफ्रिका) ओपनर ब्याट्सम्यान

१०. चेतेश्वर पुजारा (भारत) ब्याट्सम्यान

११. शन मार्श (अष्ट्रेलिया) ब्याट्सम्यान

१२. उस्मान खवाजा (अष्ट्रेलिया) ब्याट्सम्यान

१३. क्रिस जोर्डन (इंग्ल्यान्ड) तीब्र गतिका बलर

१४. एन्जेलो म्याथुज (श्रीलंका) अलराउण्डर

१५. कुशल परेरा (श्रीलंका) अलराउण्डर

(हाम्रो खेलकुदबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top