Nepal Times
Nepal Times
3
Shares

विराटनगर इपिएल क्रिकेटको फाइनलमा प्रवेश

विराटनगर इपिएल क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं, १२ पुस / विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगरले भैरहवा ग्लाडिएटरलाई ८ विकेटले पन्छाउँदै फाइनलको यात्रा तय गरेकोे हो ।

आजै हुने एलिमिनेटरमा ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीच हुने खेलको विजेतासँग भैरहवाले फाइनल प्रवेशको लागि विहिबार खेल्ने मौका पाउनेछ ।

१ सय २८ रनको विजय लक्ष्य पाएको विराटनगरले १७ ओभरमा २ विकेटको गुमाई लक्ष्य भेटाएको थियो ।

विराटनगरको जितमा बाबर हायतले आक्रामक अर्धशतक प्रहार गरे । बाबरले। उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन जोडे का थिए । त्यस्तै कप्तान पारस खड्काले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरी नटआउट ४२ रन र अंशुमान राथ २६ रनमा नटआउट रेका थिए । भैरहवाका हरीशंकर शाह र पुनित मेहेराले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रनको योगफल जाडेको थियो ।

भैहरवाका पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडेका थिए । उनले आउट हुनुअघि ३४ बलमा ३ चौका र ३ छक्का हिर्काए । यस्तै, आरिफ शेखले ४६ रन जोडे । उनले मिश्रासँग पाँचौं विकेटका लागि ८२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

एक समय २७ रन जोड्दा ४ विकेट गुमाएको भैहरवाको इनिङ आरिफ र मिश्राले बुनेका थिए । ओपनर भूपेन्द्र थापा २ रनमै आउट भए । अर्का ओपनर राहुल यादव ७ रनमै पेभिलियन फर्केपछि भैरहवाले छैटौं ओभरमा २ विकेट गुमाएको थियो । भैरहवाका कप्तान शरद भेषावकर पनि ८ रनमा आउट भए भने रोहितकुमार पौडेल ६ रनमा आउट भएक ।
बलिङतर्फ विराटनगरका सहान आदिसा र करण केसीले समान २ विकेट लिए । कप्तान खड्का, बसन्त रेग्मी र अभिनास कर्णले १–१ विकेट लिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.