×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराट ट्रेड एक्स्पो २०१८ सुरु, एक्स्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने मुख्यमन्त्रीको विश्वास

६ पुष २०७५

विराटनगर,पुस ६
मोरङ व्यापार संघको आयोजनामा आजदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । नौ दिनसम्म चल्ने एक्स्पोको प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।

एक्स्पोको उद्घाटन गदै मुख्यमन्त्री राईले महोत्सव र एक्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन । उनले भने ‘ भारतको सिक्किम,पश्चिम वंगाल,विहारसंग प्रदेश १ जोडिएको छ।’प्रदेश १ लाई भारत, चीन,बंगलादेश,भुटानको महत्वपूर्ण बजारको रुपमा जोडने छौ ।’

Advertisement
Advertisement

उनले प्रदेश सरकार प्रदेश नं एकमा लगानीमैत्री वातावरण तयार गर्न प्रतिबद्धत रहेको बताए । उनले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेत नीजि क्षेत्रको सहभागीतालाई बिशेष प्राथमिकतामा राखेको बताउदै लगानीका लागि उपयुतm खालको वातावरण सृजना गर्न सरकार तयार रहेको बताए ।

 

‘नीजि क्षेत्रको सहभागीता र लगानी विना कुनैपनि बिकास र समृद्धिको अभियान असम्भव छ’ मुख्यमन्त्री राईले भने‘प्रदेश नं एकको बिकास र समृद्धीको अभियानमा नीजि क्षेत्रको पुर्ण सहभागीता बढाउन प्रदेश सरकार लागानीमैत्री वातावरण तयार गर्न तत्पर छ,त्यसका लागि नीजि क्षेत्रलाई छलफलका लागि म आब्हान गदर्छु ।’

उनले अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थलको आवश्यकतालाई महसुस गरेर त्यसको थालनी भइसकेको बताए ।‘ विराटनगरको औद्योगिक करिडोरलाई व्यापारिक हबको रुपमा विकास गर्नेछौ ।’, उनले भने ‘ आर्थिक कृयाकलापको वातावारण निर्माणमा प्रदेश सरकार चुक्दैन ।’

उनले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रलाई उद्योग र व्यापारको हवका रुपमा विकास गर्न प्रदेश सरकारले चाहेकाले त्यसका निम्ति कानून नीति निर्माण गरी कार्वान्वय गर्न आवश्यक गृहकार्यका लागि प्रदेश सरकार जुटेको समेत जानकारी दिए । मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई क्षेत्रियस्तरको रुपमा स्तरोन्ति लागि क्याविनेटबाट निर्णय गरेर काम अघि बढी सकेको बताए । उनले तत्कालको लागि क्षेत्रीय स्तरको बन्ने विमानस्थल चाडै अन्तराष्ट्रिय स्तरको बनाइने बताए ।

सो अवसरमा प्रतिनिधि सभाका सांसद मोति दुगडले भौतिक पुर्वाधको विकासमा जोड दिएका थिए । नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष किशोर प्र्रधानले सरकारको तर्फबाट आर्थिक विकासकालागि प्रतिबद्धताको खाचो औल्याए । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुललीले सुस्ताउदै गएको आर्थिक गतिविधिमा एक्स्पोले उर्जाको काम गर्ने धारणा राखे । उदघाटनमा मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा,उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे,एक्स्पोका संयोजक अनुपम राठी लगायतले आफ्नो धारणा राखेका थिए ।

 

शुक्रवारदेखि नौ दिनसम्म चल्ने एक्स्पोमा २० करोडको कारोवार हुने लक्ष्य राखिएको छ । मेलामा नेपाल सहित भारत बंगलादेश, पाकिस्तान र चीनका स्टलहरु सहभागि छन । मोरङ्ग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा नेपालमा उत्पादित तथा आयातित औद्योगिक उत्पादन तथा सेवाहरु ग्राहकसम्म पू¥याउन एक्पो आयोजना गरिएको जानकारी दिए ।

एक्स्पोमा नेपाल सहित छिमेकी राष्ट्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । एक्स्पोमा चीनियाँ इलेक्ट्रोनिक्ससँग सगै पाकिस्तानबाट लेदर, बंगलादेशको गार्मेन्टका उत्पादनहरुको स्टल रहेको एक्स्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले जानकारी दिए ।एक्स्पोमा रहेका २५० स्टलहरुल मध्ये ४२ वटा अन्तराष्ट्रिय स्टलहरु रहेको छ ।

एक्स्पोबाट विभिन्न मुलुकमा उत्पादित बस्तु तथा सेवाको बारेमा उपभोक्ता तथा ग्राहक वर्गले जानकारी पाउने उद्धेश्यले आयोजना गरिएको हो । एक्स्पोमा ३ लाख दर्शकले अवलोकन गन अपेक्षा राखिएको छ ।

Advertisement

एक्स्पोका प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ताचप्पलको स्टल रहेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top