स्पार्कले पत्रकारलाई निशुल्क उपचार गरिदिने

५ पुस ७५, शुक्रबार

विराटनगर,पुस ६
विराटनगर स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले आफनो तेस्रो बार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बार्षिक उत्सवका अवसरमा यही पुष ८ गतेदेखि ३ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने आज अस्पताल हातामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने जनाएको छ । यस्तै १० गते रक्तदान तथा बार्षिकोत्सव कार्यक्रम गर्ने अस्पतालका संचालक रुपेश अधिकारीले जानकारी दिए । सोही अवसरमा संचालक अधिकारीले पत्रकारलाई शत प्रतिशत र पत्रकारका परिवारलाई सबै सेवामा ५० प्रतिशत छुट दिइने जानकारी दिए ।

अस्पतालले ५ सय व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गर्ने जनाएको छ । काठमाडौंबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Advertisement

रगतमा सुगर जाँच, युरिक एसिड जाँच निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । वार्षिक उत्सवका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई २० प्रतिशत छुट दिनुका साथै दुर्गम क्षेत्र तथा ज्येष्ठ नागरिकहरुलाई विशेष छुट दिने अधिकारीले जानकारी दिए ।

Advertisement

अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएको, हड्डी खिइएको, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top