दाङमा बस दुर्घटना : ९ जनाको मृत्यु

दाङ, पुस ६
दाङको तुलसीपुर–कपुरकोट सडकखण्डमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ।

३१ जना सवार बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो।

बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको र अहिलेसम्म नौजनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

Advertisement

उनका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्।

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। थप विवरण आउन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top